भरतपुर, १२ फागुन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफूलाई पिकनिक जाने फुर्सद नभएको बताएकी छिन् । आज नेपाल कम्युनिस्ट पार्टी दाहाल नेपाल समूहको विजयी सभालाई सम्बोधन गर्दै उनले दिनरात जनताको काममा खटिएकाले पिकनिक जाने फुर्सद नभएको बताएकी हुन् ।
देशको प्रधानमन्त्री जस्तो व्यक्तिले मेरो बारेमा तुच्छ टिप्पणी गरेर जानुभयो, दाहालले भनिन्,‘पिकनिक जाने फुर्सद भरतपुरको मेयरलाई छैन ।’
दाहालले प्रधानमन्त्री ओलीलाई घमन्डी, स्वेच्छाचारी शासक भएको आरोप लगाइन् । उनले भनिन्,‘दम्भी, घमन्डी, निरंकुश शासक हारेको छ ।’