काठमाडौं, १३ फागुन । नेपाल विद्यार्थी संघ ले सर्बोच्चको फैसला को स्वागत गरेको छ । बुधबार पुतलीसडकमा हर्षोल्लासका साथ अबिर टीका लगाएर शंकर देव क्याम्पस बाट पुतलीसडक चोक हुँदै पुनस् शंकर देब सम्म स्वागत र्याली र बिजय सभाको आयोजना गरेको छ ।
सभा लसि सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले सर्वोच्च अदालतको फैसला लोकतन्त्र,संविधान र नेपाली जनताको पक्षमा रहेको भन्दै यो फैसलाले नेपाली जनतामा अदालतका प्रतिको आस्था र बिश्वास अझ वढाएको बताए। फैसला पछि जनताले जितेको दिन भन्दै सर्बसत्ताबादी र प्रतिगामी ओलिको असंबैधानिक कदमलाई बदर गर्दै सर्बोच्च अदालतबाट आएको फैसला स्वागत योग्य रहेको भन्दै बिधि लाई मिच्ने र अधिनायकवाद लाद्न खोज्ने जो कोहीलाई पनि लोकतन्त्र र विधिको सासन अगाडी घुँडा टेक्न बाध्य बनाइने महामन्त्री तिमल्सिनाले बताएका छन ।
उक्त सभालाइ सम्बोधन गर्दै नेबिसंघ पुर्ब सहमहामन्त्री पर्मेश्वोर शाह, नेता बिपिन अधिकारि,दिपक ओझा लगाएतले नेपाली कांग्रेस र यसका सवै भात्री संस्था संधै बिधीको शासनको पक्षमा रहने,सॅधै अदालतको निर्णयको सम्मान गर्ने र यो निष्ठालाई गलत ढंगले प्रचार गर्नेहरु आज परास्त भएको बराए । नेपाल विद्यार्थी संघ संकरदेव क्याम्पस इकाइ द्वारा आयोजना गरिएको सो कार्यक्रमको सम्योजन संघका नेता दिपक ओझाले गरेका थिए ।