काठमाडौं, १३ फागुन । महिला लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयरको बाँडफाँड भोली (शुक्रवार) गर्ने भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्टका अनुसार संस्थाको आईपिओ शुक्रवार बाँडफाँट गर्ने तयारी गरेको हो ।
महिला लघुवित्तले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर बिक्रि खुल्ला गरेको थियो । हाल संस्थाको चालु पुँजी १० लाख रहेकोमा उक्त पुँजीको ४० प्रतिशत हुन आउने ४ करोड बराबरको ४ लाख कित्ता शेयर निष्कासन गरेको हो । त्यसमध्ये ०.५ प्रतिशत वा ५ हजार कित्ता शेयर कर्मचारीहरुलाई ५ प्रतिशत वा २० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि र बाकी रहेको ३ लाख ७५ हजार कित्ता साधारण शेयर छुट्टाएको थियो ।
संस्थाले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारणका लागि शेयर निष्काशन गरेको थियो । बिक्री प्रवन्धक नेपाल एसबिआइका अनुसार १५ लाख १९ हजारले २ करोड ३४ कित्ताका लागि आवेदन परेको थियो । माग भन्दा ६२.४९ गुणा बढि आवेदन परेको थियो ।