Logo

कांग्रेसले भन्यो – तत्काल सत्ता सहकार्यको सोच छैन



काठमाडौं, फागुन १४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वैधानिक रूपमा एकै रहेकाले सत्ता सहकार्यबारे अहिले नै धारणा नबनाउने निष्कर्ष निकालेको छ । नेकपाका दुवै समूहसँग सत्ता सहकार्यका सम्बन्धमा उसले पर्ख र हेरको रणनीति तय गरेको छ ।

बिहीबार सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठकले वैधानिक रूपमा नेकपा एकै रहेकाले हालकै अवस्थामा हतारमा कुनै पनि समूहसँग सत्ता सहकार्यबारे निर्णय नगर्ने निष्कर्ष निकालेको हो ।

संसद् पुनस्र्थापना भएलगत्तै नेकपाका दाहाल—नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल आफैं देउवा निवास पुगेर कांग्रेससँग सत्ता सहयात्रा गर्न आफूहरू तयार रहेको बताएका थिए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट शक्ति वैधानिक रूपमा एकै रहेकाले अहिले नै कसैको पक्षविपक्षमा उभिने भन्दा उनीहरू कसरी अघि बढ्छन् हेरेर त्यसपछि मात्रै निर्णय गर्ने बताए ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्