काठमाडौं, फागुन १५ । अमेरिकामा आधा भाले र आधा पोथीको स्वरूप भएको चरा भेटिएको छ । चराविद् जेमी हिलले आधा भाले र आधा पोथी अंश रहेको चराको फोटो सार्वजनिक गरेका छन् ।
उनले फेला पारेको त्यस चराको फोटोले यतिबेला विश्वभरका संरक्षणकर्मीको ध्यान तानेको छ ।उनले विगत ४८ वर्षदेखि चराको अध्ययन गरिरहेका छन्। पछिल्लो समय काठ फोरुवा लहाँचे चराको खोजीमा रहेका उनले दुई लिङ्गी भएको चरासँगको साक्षात्कार हुँदा लहाँचे भेटिए जत्तिकै खुसी भएको बताएका छन् ।
एउटै शरीरमा भाले र पोथीको रङसहित अण्डाशय र डिम्बाशय दुवै अङ्गसमेत भएको चरा विश्वमै दुर्लभ मानिन्छ । आफूले लाखौँ चराको अध्ययन गरे पनि अहिले भेटिएको त्यो चरा निकै दुर्लभ भएको उनको भनाई छ ।
चरा भेटिएपछिको आफ्नो अनुभूति फेसबुकमार्फत सार्वजनिक गर्दै उनले दुवै लिङ्गी भएको नर्थन कार्डिनल चराको बारेमा उल्लेख गरेका छन् ।चराविद् हिलका अनुसार भाले कार्डिलन चराको रङ चम्किलो रातो हुन्छ । पोथीको रङ भने फिक्का खैरो हुनेगर्छ ।
गोरखापत्र दैनिकबाट