काठमाडौं, १७ फागुन । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पेटमा देखिएको नेट क्यान्सरग्रस्त नभएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत यस्तो जनाएका हुन् ।
उनले भनेका छन्–”मेरो स्वास्थ्य परीक्षण पूरा भएको छ।डाक्टरहरूका अनुसार मेरो पेटमा देखिएकोNET क्यान्सरग्रस्त छैन।स्वास्थ्यवारे चासो/शुभेच्छा व्यक्त गर्नुहुने सबैलाई र विशेषत: डाक्टरहरू भारतका बिक्रम भाटिया,टी के चटर्जी र नेपालका निरज जोशी,सुवोध अधिकारी,बुलन्द थापा,लोचन कार्की,अजित खनाललाई धन्यवाद!”