काठमाडौं, १७ फागुन । राष्ट्रिय समाचार समिति (रासस) को रिक्त सञ्चालक समिति सदस्यमा पत्रकारिता क्षेत्रमा साढे दुई दशकदेखि कार्यरत पत्रकार भगवान भण्डारी नियुक्त भएका छन् ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री स्तरको यही फागुन १० गतेको निर्णयानुसार राष्ट्रिय समाचार समिति ऐन, २०१९ को दफा ८ को उपदफा १ को खण्ड (ख) बमोजिम पाल्पाको बगनासकाली गाउँपालिका¬–५ दर्लमडाँडा निवासी भण्डारी चार वर्षका लागि मनोनयन भएका हुन् । सदस्य भण्डारीले आइतबार मन्त्रालयमा पत्र बुझेका छन् ।
विसं २०५१ देखि पत्रकारितामा आबद्ध तथा हाल पाल्पा समाचारपत्र साप्ताहिक र पाल्पा समाचार डटकमका प्रधानसम्पादक भण्डारी नेपाल पत्रकार महासङ्घ पाल्पाको निवर्तमान अध्यक्ष र प्रेस सङ्गठन नेपालको केन्द्रीय सदस्य छन् । मानवअधिकार एलायन्सको जिल्ला अध्यक्ष तथा जिल्लास्तरीय मानव अधिकार सञ्जालको संयोजक भण्डारी विगतमा रेडियो नेपालको संवाददाता र रेडियो मदनपोखराको संस्थापक समाचार प्रमुख भइसकेका थिए ।
‘जनसेवा श्री’ (पाचौँ) पदकबाट सम्मानित उनी नेपाल प्रेस इन्स्टिच्युटलगायत विभिन्न संस्थाबाट तालीमप्राप्त हुन् । रासस