काठमाडौं, १७ फागुन । सिन्धु विकास बैंकले ११ औं साधारण सभा बोलाएको छ । संचालक समितिको बैठकले निर्णय गरे अनुसार बैंकले चैत्र ९ गते बनेपास्थित आगन्तुक रिसोर्टमा सभा गर्ने भएको हो ।
यो वर्ष लाभांश नगरेको बैंकको सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन पारित र चालु आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने जनाइएको छ । कम्पनीले सभा प्रयोजनार्थ फागुन २८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । २६ फागुन सम्म कायम भएका शेयरधनीहरुले मात्र सभामा उपस्थित हुन पाउने भएका छन् ।