सिरहा, १७ फागुन । अवैध रुपमा ल्याएको भारतीय नोट सहित एक जना पक्राउ परेका छन् । सिरहा नगरपालिका–१६ स्थितबाट अवैध रुपमा ल्याएको २ हजार दरको ३ थान र ५ सय दरको ४ सय ८८ थान नोट गरी जम्मा २ लाख ५० हजार भारतीय रुपैयाँ सहित भारत सहरसा ग्राम किसनपुर पञ्चायत–२ बस्ने ६० वर्षीय चतुरी यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
बीआर (६एएन) ३५७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको डिकीमा लुकाई राखेको उक्त भारतीय रुपैयाँ फेला पारी उनीलाई पक्राउ गरेको जनाएको छ ।
यादवलाई बरामद भारतीय रुपैयाँ सहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय माडर सिरहामा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएको छ ।