Logo

कुमारी इक्विटी फण्डमा आवेदन दिने मिति थप



काठमाडौं, १८ फागुन । कुमारी क्यापिटलले निष्कासन तथा विक्रि खुल्ला गरेको सामुहिक लगानी कोष कुमारी इक्विटी फण्डको इकाईका लागि समय थपिएको छ । कम्पनीको अनुसार फागुन १४ गते निष्कासन तथा विक्रिमा ल्याएको उक्त इकाईमा फागुन २८ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

कम्पनीले माग भन्दा धेरै आवेदन परेमा तोकिएको मिति भन्दा अगाडी नै बिक्रि बन्द गर्ने जानकारी दिएको छ । कम्पनीको अनुसार १० वर्षे बन्दमुखी योजना अन्तर्गत प्रति इकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रिमा ल्याएको हो ।

उक्त इकाईमा लगानीकर्ताले धितोपत्रबाट आश्वा अनुमति लिएका सबै बैंक तथा वित्तीय संस्थाबाट न्युनतम १०० देखि अधिकतम ८० लाख इकाईसम्ममा आवेदन दिन सक्ने कम्पनीले व्यवस्था गरेको छ ।



प्रतिक्रिया दिनुहोस्