Logo

अब सरकारले देशभरिका घरवारविहीनलाई बसोबासको व्यवस्था गर्नेः प्रम



काठमाडौं, फागुन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशभरिका घरवारविहीनलाई आधारभूत संरचना तयार गरी बसोबासको व्यवस्था गर्ने बताएका छन्।

मोरङको उर्लाबारी नगरपालिका–९ रातेहोली किनारमा सरकारले निर्माण गर्न लागेको सन्थाल एकीकृत बस्तीको मंगलबार शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले भने, “अब सरकारले देशभरि यहाँका भूमि तथा घरवारविहीन भएकालाई आधारभूत संरचना तयार गरी बसोबासको व्यवस्था गर्नेछौँ।” यहाँका अल्पसङ्ख्यक सन्थाल जाति राज्यको मूल प्रवाहबाट वञ्चित भएको जनाउँदै उनले यस्ता जातिलाई सामाजिक, आर्थिक, सांस्कृतिक रुपमा सवल बनाउन सके मात्र समृद्धिको लक्ष्य पूरा हुने धारणा राखे।

यस्तै, देशको विकास र समृद्धिको लक्ष्य प्राप्तिमा सरकार दृढताका साथ लागेको पनि बताएका छन्। उनले देशैभरि विकास र समृद्धिको प्रचुर काम भइरहेको जिकिर गरे। सरकार विकास र समृद्धिको महान लक्ष्यमा प्रतिबद्ध भएको जनाउँदै उनले विकास र समृद्धि नचाहने देशी÷विदेशी शक्तिले सरकारविरुद्ध लागेको आरोप लगाएको आजको नागरिक दैनिकमा खवर छ।



प्रतिक्रिया दिनुहोस्