काठमाडौं, १९ फागुन । राधी विद्युत कम्पनी लिमिटेडको आज वार्षिक साधारण सभा हुँदैछ । कम्पनीको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वरमा ११ बजेदेखि सभा सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष ०७५/०७७ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब विवरण पारित गर्ने जनाएको छ ।
यसको साथै सभाले ०७६/७७ को लेखापरिक्षकको नियुक्ति, पारिश्रमिक तोक्ने र संचाकलहरुको निर्वाचन गर्ने पनि जनाइएको छ । कम्पनीले सभा प्रयोजनार्थ फागुन ५ गतेदेखि बुक क्लोज गरेको हुँदा ४ गतेसम्म कायम भएका शेयरधनीहरु मात्र सभामा सहभागी हुनेछन् ।