काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै २०४६ को परिबर्तन पछि नेपाली कांग्रेसले भ्यालु बेस को राजनीतिबाट टाढिएको बताएका छन् ।
उनले कांग्रेस अहिले मुल्य मान्यता भन्दा पावर राजनिति र सत्ताको राजनीतिमा लागेको बताए । सिंहले पार्टीले मुल्य मान्यताको राजनीति गर्ने कार्यकर्ता लाई उपहास गर्नुले अहिलेको अवस्था आएको बताएका छन् ।
नेता सिंहले अहिले कांग्रेसको मुख्य चुनौति भनेकै विधि प्रक्रियामा पार्टी संचालन गर्नु रहेको भन्दै महाधिवेशन मार्फत गल्ती सुधार गरेर जानु पर्ने बताए । मुलुकमा बामपन्थीहरुको जंगजगि चलेकाले कांग्रेसले लोकतान्त्रिक पद्धति जोगाउन लाग्नु पर्ने बताएका छन् । बिकसित राजनीतिक घटना क्रमलाई कांग्रेस गम्भीरता साथ हेरिरहेको भन्दै ठिक समयमा लिनु पर्ने उचित निर्णय कांग्रेसले लिने बताएका छन् । –File photo