काठमाडौं, १९ फागुन । मंगलबार नेपाल एक्सचेञ्ज (नेप्से)ले दुई वटा कम्पनीको बोनश शेयर सूचीकृत गरेको छ । नेप्सेका अनुसार नेपाल एसबिआई बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकको बोनश शेयर सूचीकृत भएको हो ।
नेपाल एसबिआई बैंकको ५३ लाख ७३ हजार ७२३ दशमलव ३३ कित्ता बोनस शेयर र तिनाउ मिसनको १० लाख ८७ हजार ८७६ दशमलव ३२ कित्ता बोनश शेयर सूचीकृत भएको छ ।