Logo

सेञ्चुरी बैंकको दुई नयाँ शाखा संचालनमा



काठमाडौं, १९ फागुन । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले दुई नयाँ शाखा संचालनमा ल्याएकोे छ । बैंकले ग्राहकहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाण्डौंको बालाजु र गौरीघाट गरी दुई शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

बैंकका अनुसार दुई नयाँ दुई शाखा विस्तार भएसँगै बैंकको कुल शाखा १२२ पुगेको छ । बैंकले १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ्ग र ८८ एटिएम मार्फत बैंकिङ सेवा दिँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्