काठमाडौं, २० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता विष्णु रिजालले आफ्नो पार्टी आज निर्वाचन आयोगमा जाने कुनै कार्यक्रम नरहेको स्पष्ट पारेका छन् । यसअघि दलको आधिकारिकता दाबी गर्न उक्त समूह पूनः आयोगको कार्यालय जान लागेको कुरा आएको थियो ।
तर, रिजालले यसमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्-“नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज निर्वाचन आयोगमा जाने कुनै कार्यक्रम नरहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ ।”