Logo

सिभिल बैंकको एटीएमबाट रकम निकाल्न एटीएम कार्ड नै नचाहिने



काठमाडौं, २० फागुन । सिभिल बैंकले एटीएम कार्डको प्रयोग विना नै एटीएमबाट रकम निकाल्न सक्ने प्रविधि संचालनमा ल्याएको छ । बैंकका अनुसार नयाँ प्रविधको उपभोग गर्न सिभिल बैंकका ग्राहकहरुले सिभिल बैंकको मोवाईल बैकिङ्ग एप्लिकेशन “सिभिल स्मार्ट” प्रयोग गरेर सिभिल बैंकको कुनैपनि एटीएम मार्फत एटीएम कार्डको प्रयोगै नगरी सजिलै रकम निकाल्न सक्नेछन् ।

यस सेवाको प्रयोग गर्न ग्राहकहरुले सिभिल बैंकको मोवाईल बैकिङ्ग एप्लिकेशन “सिभिल स्मार्ट”मा भएको “कार्डलेस क्याश” अपशनमा गई आफुले इच्छाएको रकम प्रविष्ट गरी सम्पूर्ण विवरणहरु दुरुष्ट गरी आफ्नो मोवाईल बैकिङ्ग एप्लिकेशनको पिनकोड हाल्नुपर्ने बैंकले जनाएको छ । पिन कोड हालेपछि जस पश्चात एकपल्ट मात्र प्रयोग गर्न मात्र मिल्ने ओटीपी पासकोड प्राप्त हुनेछ ।

बैंकका अनुसार यस पासकोडको सहित अन्य विवरणहरु प्रविष्ट गरे पश्चात एटीएमबाट पूर्व निर्धारित निश्चित रकम झिक्न सकिनेछ । ग्राहकहरुले यस सुविधाको उपयोग एटियम कार्ड हराएको अवस्थामा वा अरु कसैलाई रकम भुक्तानी गर्नुपरेको अवस्थामा समेत गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्