Logo

नयाँ विद्युत् ऐन आवश्यक



काठमाडौं, फागुन २१ । नयाँ विद्युत् विधेयक ऐनको रूपमा नआएसम्म भारतसँगको विद्युत् व्यापारका लागि नेपालको तर्फबाट कार्यविधि बनाउन नसकिने ऊर्जा मन्त्रालयले जानकारी दिएको छ।

नयाँ विद्युत् विधेयक व्यवस्थापिका संसद्मा छलफलमा रहेकाले त्यहाँबाट पारित नभएसम्म अन्तरदेशीय व्यापारको कार्यविधि बनाउन नसकिने ऊर्जा मन्त्रालयका प्रवक्ता मधु भेटवालले बताए। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले गत शुक्रबार सार्वजनिक गरेको अन्तरदेशीय विद्युत् व्यापार नियमावली, २०२१ ले नेपालको बिजुली भारतमा बेच्ने बाटो खोलेको थियो। अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्