Logo

कांग्रेस सांसद रायमाझीको खुलासा : हामीले नै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव हाल्छौं (भिडिओसहित)



काठमाडौं, २१ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव हाल्ने बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै रायमाझीले यस्तो बताएका हुन् ।

उनले भने,‘नेपाली कांग्रेसले नै, दलको नेता शेरबहादुर देउवाको नेतृत्वमा आगामी सरकार बन्छ भनेर नेपाली कांग्रेसले नै यो सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्छ ।’ उनले २२ गते केन्द्रीय कमिटी बैठक बस्ने र त्यही बैठकले महत्वपूर्ण निर्णय लिने जानकारी दिए । उनले भने,‘केन्द्रीय कमिटीको बैठकपछि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन्छ । प्रधानमन्त्रीमा देउवाको नाम अघि सार्छौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot