Logo

बुढी गण्डकीमा ‘बुढीगण्डकी रिभर र्याफ्टिङ’ संचालन



काठमाडौं, २३ फागुन । नेपालको उत्तरी भेगमा रहेको हिमशृङ्खलाबाट बगेर आउने नदि मध्ये बुढी बुढीगण्डकी नदी पनि एक प्रमुख नदी हो । यस नदीको उद्गम स्थल मनास्लु, गणेश श्रृङ्गी आदि हिमालहरु हुन् । यो नदी धादिङ्ग र गोरखा जिल्लाको सिमा क्षेत्रमा पर्दछ ।

र्याफ्टिङ नदीमा गरिने साहसिक खेलको रुपमा परिचित छ । पानीमा रम्न र रमाउन चाहाने तथा साहासिक यात्रामा रमाउने चाहानेहरुलाई र्याफटिङ आकर्षक कार्य हो । नेपालमा छिटो बहने नदीहरुको संख्या धेरै भए सँगै र्याफ्टिङ गर्नका लागि विभिन्न नदीहरु प्रख्यात छन् र नियमित रुपमा संचालन गर्दै आएका छन् । यसैगरी बुढी गण्डकी नदी र्याफ्टिङको ठुलो सम्भावना बोकेको नदीको रुपमा रहेको छ । यो नदी र्याफ्टिङ को लागि जटिल (चौथो) ग्रेडमा पर्दछ ।

बुढीगण्डकी रिभर र्याफ्टिङ नामक संस्थाले औपचारिक रुपमा २०७७ मंसिर २ गतेबाट र्याफ्टिङ संचालनमा ल्याएको छ । यो जलयात्रा गोरखाको आर्खेतबाट सुरु भई तेत्रावती नदीसँग मिलन भएको ठाउँ बेनीघाटमा पुगेर समाप्त हुन्छ । यसमा फ्याफटिङको यात्रा कुल १५ कि.मी. रहेको छ । २ रात ३ दिनमा गर्ने सकिने यो जलयात्रा अति नै मनमोहक छ । यस नदीमा र्याफ्टिङ सुरु गरेको यस संस्थाले पाँचवटा र्याफ्ट बोर्डको साथै नेपालको अनुभवी र्याफ्टिङ गाइडहरुलाई औपचारीक रुपमा व्यवसाय संचालन गरेको छ । आन्तरिक पर्यटनको बढ्दो मागलाई ध्यानमा राखी सुरक्षित जलयात्राको सेवा प्रदान गर्दै आएको छ ।

काठमाडौंबाट धादिङ्ग वा गोरखा जिल्ला हुँदै आर्खेतसम्मको लागि बस संचालनमा रहेको छ । यस यात्रामा थप बस संचालनमा रहेका छन् । यस यात्रामा थप आकर्षणको लागि फिसिङ्ग, क्याम्पिङ्ग गाउँ भ्रमण, क्यानाडङ्ग तथा टेकिङ्गलाई पनि बढुवा दिने यस संस्था कार्यकारी प्रबन्ध निर्देशक सुरज अधिकारीले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्