काठमाडौं, २३ फागुन । प्रभु बैंक लिमिटेडले शेयरधनीको खातामा बोनस शेयर जम्मा गरेको छ । बैंकका अनुसार १० प्रतिशत बोनस शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । संचालक समितिको पुस २६ गते बसेको बैठकले उक्त बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंकको अनुसार पुस सम्ममा अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा उक्त बोनस शेयर विस्तारै जम्मा गर्दै जाने भएको छ । यसको साथै बैंकले चाडै नै शेयरधनीहरुलाई अभौतिकीकरण गराएर बोनस शेयर प्राप्त गर्न शेयरधनीहरुलाई आग्रह गरेको छ ।