Logo

डिप्रोक्स लघुवित्तको चैत्र २० मा साधारण सभा



काठमाडौं, २३ फागुन । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको चैत्र २० गते साधारण सभा बस्ने भएको छ । कम्पनीको संचालक समितिको बैठकले १९ औं सभा बस्ने निर्णय गरेको हो ।

सभा प्रयोजनार्थ कम्पनीले चैत्र १० गते एक दिन बुक क्लोज गर्ने भएकोले चैत्र ९ सम्म कायम भएका शेयरधनीले मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश पाउने भएका छन् । कम्पनीको अनुसार ०७६/७७ आवको नाफाबाट जम्मा २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।



प्रतिक्रिया दिनुहोस्