काठमाडौं, २३ फागुन । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा इटहरीमा बस्ने भएको छ । संस्थाको छैठौं सभा चैत्र २० गते बिहान ९ बजे होटल इस्टन प्यालेसमा हुने भएको हो ।
सभाले शाखा कार्यालयहरु रुपान्तरण गर्ने र अन्य लघुवित्तसँग मर्जर तथा एक्जिविसन सम्बन्धि काम गर्न संचालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्ने जनाएको छ । यसको साथै सभाले शेयरधनीहरुको तर्फबाट १ जना संचालकको लागि निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाको लागि कम्पनीले चैत्र ६ गतेदेखि २० गते सम्म बुक क्लोज गर्ने भएको छ । चैत्र ५ गने सम्म नेप्सेमा कायम भएका शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन पाउनेछन् ।