Logo

सप्तकोशी बैंकले चैत्र १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने



काठमाडौं, २३ फागुन । सप्तकोशी डेलभपमेन्ट बैंकले साधारण सभा प्रयोजनार्थ चैत्र १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बैंकको अनुसार चैत्र २८ गते हुने साधारण सभा प्रयोजनार्थ उक्त दिनमा बुक क्लोज गर्ने भएको हो ।

कम्पनीले आव ०७६/७७ को नाफाबाट लाभांश वितरण गर्ने जनाएको छ । चैत्र १२ गतेसम्म कायम भएका शेयरधनीहरु मत्र सभामा सहभागी हुन सक्नेछन् । सभाले सभाले लेखापरिक्षकको नियुक्त, उनको पारिश्रमिक निर्धारण गर्ने र अध्यक्षको वार्षिक प्रतिवेदनमा छलफल गरेर पारित गर्ने भएको छ । यसको साथै मर्जर तथा प्राप्तिमा जानको लागि सबै अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्