काठमाडौं, २३ फागुन । प्रतिनिधि सभाको बैठकमा आज चर्काचर्की भएको छ । सांसद भीम रावलले बोल्दा बोल्दै अर्का सांसद खगराज अधिकारीले नियमापत्ती गरेका छन् ।
रावलले बोल्दा बोल्दै पहिले अध्यादेश ल्याउनुपर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली निकट अधिकारीले नियमापत्ती गरेका थिए । तर, सभामुख अग्निप्रसाद सापकोटाले बोल्न दिएनन् । उनी बसे ।
त्यसपछि रावलले आफ्नो धारणा राखे । उनले तीन मिनेटको समय पाएपनि १० मिनेट बोलेका थिए ।