Logo

प्रचण्ड-माधव नेपाल समूहद्वारा संसद बैठक बहिष्कार



काठमाडौं, २३ फागुन । प्रतिनिधि सभाको आजको बैठक पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहले बहिष्कार गरेका छन् । प्रतिनिधि सभा बैठकमा बोल्ने क्रम शुरु भएपछि भीम रावलले बोलेलगत्रै उनीहरुले बैठक बहिष्कार गरेर निस्किएका हुन् ।

बैठक बहिष्कार गरेको घोषणा गरेपछि प्रचण्डसहित उनी पक्षधर सांसदहरु हलबाट निस्किएका थिए । रावलले प्रधानमन्त्री केपी शर्मा ओली कुन दलको हुन् ? भनी प्रश्न गरेका थिए । सर्वोच्च अदालतले आज गरेको फैसला अनुसार ओली कुनै दलको नभएको तर्क गरे । ओलीले प्रतिनिधि सभाको हत्या गरेकाले यही प्रतिनिधि सभामा अध्यादेश राख्न नमिल्ने बताएका थिए । त्यसपछि उनीहरु बैठक बहिष्कार गरेर निस्किएका थिए ।



प्रतिक्रिया दिनुहोस्