Logo

प्रधानमन्त्री ओलीलाई माधव नेपालले समर्थन गर्नुको विकल्प छैन् : सोमप्रसाद पाण्डे (भिडिओसहित)



काठमाडौं, २५ फागुन । नेकपा (एमाले) का नेता सोमप्रसाद पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली नै पाँच वर्षको प्रधानमन्त्री हुने दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेता पाण्डेले सर्वोच्च अदालतको फैसलाअनुसार आफूहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएर जाने निश्कर्षमा पुगेको बताए । उनले आफूहरुले अदालतको फैसलालाई सम्मान गर्ने जनाए । यद्धपी उनले माग एक किलोको हुँदापनि अदालतबाट फैसला पाँच किलोको आएको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्