Logo

राजनीति किन यति कमजोर भयो भन्ने गम्भीर प्रश्न मेरो मनमा उठिरहेको छ : शर्मा



काठमाडौं, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले वर्तमान परिस्थितिमा राजनीतिक किन यति कमजोर भयो भनेर आफ्नो मनमा गम्भीर प्रश्न उठिरहेको सुनाएका छन् । सामाजिक सञ्जाल फेशबुकमा लामो स्टाटस लेख्दै शर्माले यस्तो कुरा उठाएका हुन् । किन यस्तो भन्नेबारे सोच्दै जाँदा यस्तो हुनुको पछाडि परिवर्तनको मर्म अनुरुप राज्यका संरचनाहरुको पुनर्संरचना लोकतन्त्रको सुदृढीकरण गर्ने कार्यले भन्दा सत्ता स्वार्थ व्यक्तिगत फाइदाको गलत मार्गमा नेतृत्व लाग्नुबाट राजनैतिक मूल्य र आदर्श स्खलित हुन पुगेको र नेतृत्वको वरिपरि आलोचनात्मक चेत हराएकाहरुको बाहुल्यता बढदै जानु पनि अर्को कारण भएको शर्माको भनाई छ ।

उनले लेखेका छन्-“हामीले प्राप्त गरेको उपलब्धि समाबेशी लोकतन्त्रको कार्यान्वयनको प्रारम्भमा नै संकट उत्पन्न भएको वर्तमान परिस्थितिमा राजनीति किन यति कम्जोर भयो भन्ने गम्भीर प्रश्न मेरो मनमा उठिरहेको छ । आफै भित्र उत्तर खोज्दै जादा लोकतान्त्रिक मुल्य, राष्ट्रिय भावना र जनउत्तरदायित्व बाट विचलित राजनीति र नेतृत्व केन्द्रमा भेटिन्छ । परिवर्तनको मर्म अनुरुप राज्यका संरचनाहरुको पुनर्संरचना लोकतन्त्रको सुदृढीकरण गर्ने कार्यले भन्दा सत्ता स्वार्थ व्यक्तिगत फाइदाको गलत मार्गमा नेतृत्व लाग्नु बाट राजनैतिक मूल्य र आदर्श स्खलित हुन पुग्यो । नेतृत्वको वरिपरि आलोचनात्मक चेत हराएकाहरुको बाहुल्यता बढदै जानु पनि अर्को कारण हो ।

राजनैतिक परिवर्तनका लागि भएको त्याग, बलिदान र नेतृत्वको योग्दानको उच्च सम्मान गर्दै लोकतन्त्र, राष्ट्रियता र जनताका सपना बाट विचलित विकृत राजनीति प्रति घृणा गर्दै लोकतान्त्रिक मुल्यमा आधारित पारदर्शी जीवन व्यवहार, राष्ट्रवादि भावना र जनताप्रतिको उत्तरदायित्वपुर्ण आचरणमा प्रतिबद्ध हुँदै समावेशी विकास र सामाजिक न्याय सहितको राजनैतिक आदर्श र संस्कारको पुनर्संरचना गर्न युवाहरू विच हातेमालो गरौं ।”


प्रतिक्रिया दिनुहोस्