काठमाडौं, २५ फागुन । ईसेवा आइडीमा अनाधिकृत रुपमा पहुँच पु¥याई ठगी गर्ने पक्राउ एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ईसेवा आइडीमा अनाधिकृत रुपमा पहुँच पु¥याई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका–४ घर भएका २३ वर्षीय आशिष खड्का भक्तपुर मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पीडितहरुको बारेमा पूर्ण जानकारी लिई बिभिन्न बहानामा उनीहरुका कम्प्यूटर, ल्यापटप, मोबाइल जस्ता डिभाइसबाट गुगल एकाउण्टको पासवर्ड थाहा पाई पीडितहरुको ईसेवा आइडीमा अनाधिकृत रुपमा पहुँच पु¥याई अन्य व्यक्तिको नामको खाता लगायत ईसेवा समेतमा रकम रकमान्तर गरी अनलाईन ठगी गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न खड्कालाई पक्राउ गरेको जनाएको छ । खड्कालाई ठगी मुद्धामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको उक्त महाशाखाले जनाएको छ ।