काठमाडौं, २५ फागुन । फेरी एकपटक कपुर परिवारबाट नराम्रो समाचार बाहिरिएको छ । ऋषि कपुरका छोरा बलिउड अभिनेता रणबीर कपुरको स्वास्थ्यमा समस्या आएको छ । दैनिक जागरणको अनुसार रणबीर बिरामी भएको उनकै काका रणधीर कपुरले जानकारी दिएका हुन् । उनले रणबीर कपुर कोरोना संक्रमित भएको र हाल क्वारिन्टाइनमा भएको जानकारी दिएका हुन् ।
कुराकानीको क्रममा रणधीर कपुरले रणबीरलाई कसरी संक्रमण भयो भन्दै आश्चर्यमा परेको बताएका छन् । केही समय अगाडी रणवीरको आमा नीतु कपुर पनि कोरोना संक्रमित भएकी थिइन् । नीतु फिल्मको शुटिङको क्रममा संक्रमित भएको बताएकी थिइन् ।