काठमाडौं, २५ फागुन । साताको कारोबारको तेस्रो दिन आज नेप्से सुचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । मंगलबार नेप्से ०.९३ प्रतिशत अर्थात २३.२२ अंकले घटेर २४६१.८८ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ४.४७ अंकले घटेर ४४५.२१ विन्दुमा रोकिएको छ ।
मंगलबार नेप्से परिसुचक अनुसार २१० कम्पनीका ५२ हजार ५९१ पटक कारोबार भएर ४ अर्ब ७५ करोड २७ लाख रुपैयाँ भन्दा धेरैको १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता शेयर खरिद बिक्रि भएको छ । कारोबारको तेस्रो दिन आज होटल, हाइड्रोपावर र म्युर्चुअल फण्ड बाहेक अन्य उपसमुह राताम्मै छन् । होटल उपसमुहको २.९८ प्रतिशत, हाइड्रो उपसमुहको १.८ प्रतिशत, र म्युर्चुअल फण्डको ०.०७ प्रतिशतले नेप्से परिसुचक बढेको छ ।
नेप्से परिसुचक घटेपनि शिखर इन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै ६५ करोड ३५ लाख भन्दा धेरेको शेयर कारोबार भएको छ । इन्स्योरेन्सको प्रतिशेयर मुल्य २६ सय २२ रुपैयाँ कायम भएको छ । त्यस्तै, नेप्सेका अनुसार अपर तामाकोशी हाइड्रोपावरको २९ करोड ६७ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । कम्पनीको प्रतिशेयर मुल्य ५९५ रुपैयाँ कायम भएको छ ।