Logo

माग पूरा भएमा मात्रै सत्ताबारे सोचिन्छ : महतो



काठमाडौँ, २६ फागुन: जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधनलगायत आफ्ना माग पूरा भएमा मात्रै सत्ता साझेदारीबारे सोच्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा उनले वर्तमान सरकारसँग माग पूरा गराउने शर्तसहित शुरुमा सहमति गरिएकामा पूरा नभएपछि समर्थन फिर्ता लिइएको स्मरण गराउँदै ती मागबारे सबै पक्षसँग छलफल हुने जनाए ।

सत्तारुढ नेकपा (एमाले) र जसपाबीचको वार्ता टोलीबारे सोधिएको प्रश्नमा उनले हाल सत्ता साझेदारीमा नभई मुद्दाका विषयमा छलफल भएको बताए । जसपाले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, आफ्ना कार्यकर्तालाई लगाइएका मुद्दा फिर्तालगायत माग उठाउँदै आएको छ ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्