Logo

ल्यापटप चोरी गरेको अभियोगमा पक्राउ



मोरङ, २६ फागुन । ल्यापटप चोरी गरेको अभियोगमा मंगलबार प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ल्यापटप चोरी गरेको अभियोगमा विराटनगर महानगरपालिका–४ खार्जी बस्ने २३ वर्षीय अमिस जंग बस्नेत पक्राउ परेका हुन् ।

विराटनगर महानगरपालिका–४ ढाट डेरा गरी बस्ने धनुषा वालुवाटोल नगरपालिका–८ वाल्मिकी चोक घर भएका २२ वर्षीय रमेश कुमार यादवको ल्यापटप चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले चोरीमा संलग्न बस्नेतलाई विराटनगर महानगरपालिका–९ ट्राफिक चोक नजिकबाट चोरी गरेको ल्यापटप सहित पक्राउ गरेको बताएको छ । उनी माथि चोरी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्