Logo

माधव नेपाल पक्ष केन्द्रीय सदस्यहरु अर्यालमा भेला हुँदै, नयाँ रणनीति बुन्दै



काठमाडौं, २६ फागुन । सत्तारूढ दल नेकपा (एमाले) का माधव कुमार नेपाल–झलनाथ खनाल पक्षका केन्द्रीय कमिटी सदस्यहरु भेला हुँदैछन् । सर्वोच्च अदालतको पछिल्लो फैसलाअनुसार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएपछि पहिलोपटक आज नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित् अर्याल होटलमा उनीहरु छलफलको लागि जुटेका हुन् ।

अब कसरी अघि बढ्ने ? पार्टीभित्रको रणनीति बनाउनेबारे उनीहरु छलफलमा जुटेका हुन् । अदालतको फैसला कार्यान्वयन गर्दै आफूहरु एमालेमै फर्किएपनि पार्टीभित्र कस्तो व्यवहार गरिन्छ ? त्यो हेर्न बाँकी रहेको भन्दै नेपाल पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । आजमात्रै सुदूरपश्चिम प्रदेश कार्यालय कैलालीको धनगढीमा ओली पक्ष र दाहाल पक्षबीच झडप भएको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्