Logo

यी तीन कम्पनीले आईपीओ निष्कासन गर्दै



काठमाडौं, २६ फागुन । जीवन विकास लघुवित्त, सयपत्री हाइड्रोपावर र मनकामना स्मार्ट प्रथम शेयर (आईपीओ) निष्कासन गर्ने तयारीमा रहेका छन् । यी तीन कम्पनीले आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हुन् ।

जीवन लघुवित्तले १९ करोड ७७ लाख रुपैयाँ बराबरको, मनकामना स्मार्ट लघुवित्तले ८९ लाख रुपैयाँ बराबरको र सयपत्री हाइड्रोपावरले ९ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासनको लागि धितो बोर्डमा निवेदन दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्