काठमाडौं २६ फागुन । केही दिन यता थपघट हुँदै आएको नेप्से ओरोलो लाग्ने क्रम जारी छ । आज पनि नेप्से ३.४ अंकले घटेर २४५८.४८ विन्दुमा झरेको हो । नेप्से परिसुचक अनुसार २०५ कम्पनीका ४६ हजार ९४८ पटक कारोबार भएर ४ अर्ब १० करोड ४ लाख ६ हजार ३३३ रुपैयाँ बराबरको ७८ लाख १६ हजार ८ सय ७४ कित्ता प्रतिशेयर खरिद बिक्रि भएको छ । आज सेन्सेटिभ सुचकमा भने ०.०२ अंकले सुधार भएर ४४५.२३ विन्दुमा पुगेको छ ।
आज १२ उपसमुह मध्ये ६ उपसमुहरुको नेप्से परिसुचक बढेका छन् । व्यापार उपसमुहको ८.१५ प्रतिशत, होटल एण्ड पर्यटक उपसमुहको २.२ प्रतिशत, हाइड्रोपावरको ०.२ प्रतिशत, फाइनान्सको ०.४ प्रतिशतले परिसुचक बढेकोे छ । आज बैकिङ्ग उपसमुहको ०.६१, विकास बैंकको २.२, निर्जीवन बीमाको नेप्से परिससचक घटेका छन् ।