Logo

एमालेभित्र माधव नेपाल पक्षधर पेलाईमा



काठमाडौं, २७ फागुन । नेकपा एमाले ब्युँतिएपछि माधवकुमार नेपाल पक्ष पुरानै स्थितिमा रहेर संघर्षमा बढिसकेको छ । तर, एमालेभित्र पदाधिकारी र स्थायी कमिटीमा बहुमत रहेपनि नेपाल पक्षधर पेलाईमा पर्न थालेको छ ।

एमाले महासचिव समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले बहुमतको सरकार ढाल्न खोजेकाले आत्मालोचनासहित आउनुपर्ने तर्क गरेका छन् । उनले माधव नेपाल पक्षधरलाई सहज भने नहुने सकेत गरे ।

उता सुदुरपश्चिम प्रदेश नेकपा एमाले इञ्चार्जमा विवाद भइसकेको छ । ओली पक्षधर एमाले कार्यकर्ताले लेखराज भट्ट नै इञ्चार्ज कायम रहेको भनिरहेका छन् । उनीहरुले भीम रावलको नाम राख्न दिएनन् । यस क्रममा झडप भएको छ ।

ओली अध्यक्ष र ईश्वर पोखरेल महासचिव रहेको नेकपा एमालेमा पदाधिकारीमा भने नेपाल पक्षको बहुमत छ । स्थायी कमिटीमा पनि नेपाल बहुमतमा छन् । केन्द्रीय समिति र संसदीय दलमा ओली बहुमतमा छन् । संसदीय दलमा बहुमत भएकाले नै ओली मजबुत बनेका हुन् ।

यसैगरी, नेकपाको जिल्ला कमिटी र स्थानीय कमिटीमा पनि ओली र नेपाल पक्षबीच फाटो देखिएको छ । एमाले भन्दै दुवै पक्ष प्रस्तुत भएपनि एकले अर्कोलाई स्वीकार्ने सहज अवस्था भने बनेको छैन ।



प्रतिक्रिया दिनुहोस्