Logo

अभियन्ता राजलवटद्वारा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा गुर्जोको चियापान तथा धुलो औषधी वितरण (फोटोफिचर)



काठमाडौं, २७ फागुन । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले राष्ट्रि«य आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा सञ्चालन भईरहेको योग तथा मर्म चिकित्सासम्बन्धी कार्यशाला एवं तालिममा सहभागी करिब ३० जना बैद्य तथा कविराजलगायत त्यहाँका कर्मचारीहरू सबैलाई गुर्जाेको चिया खुवाएका छन् ।

उनकाअनुसार त्यहाँ उपस्थित् सबैलाई गुर्जाे चिया पयाकेट र गुर्जाे सहितको धुलो औषधी बितरण गरिएको थियो । गुर्जाेको बिषयमा उपस्थित सबै कविराज, बैधहरूले गुर्जाेको महत्वको वारेमा प्रकाश पार्दै गुर्जाेको सेवनले मिर्गौला र कलेजोलाई असर पार्छ भन्ने हल्ला पूर्ण गलत रहेको धारणा राखेका थिए । बरु, गुर्जोको नियमित सेवनले मिर्गौला र कलेजोलाई राम्रो बनाउने उनीहरुको भनाई थियो ।

उनीहरुले गर्भवती अवस्थाबाहेक सबैले मात्रा मिलाई नियमित गुर्जो सेवन गर्न सके निरोगी हुने पनि धारणा राखेका थिए । साथै, राष्ट्रिय योजना आयोग सहसचिव किशोर जोशीले योगको चर्चा गर्दै सहभागी सबैलाई योगसमेत गराएका थिए । उक्त कार्यक्रममा समाजसेवीहरु अन्जु प्रधाान तथा राजेश प्रधानले सक्रिय भूमिका निर्वाह गरेका थिए ।

यसअघि उद्योग बाणिज्य संघ काभ्रे, बनेपाको ४१औं वार्षिक साधारण सभामा पनि गुर्जोको सेवन गराईएको थियो । उक्त कार्यक्रममा उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालसहित करिब चार सय जना सहभागीहरूलाई गुर्जाेको चिया सेवन गराउदा सबैले खुशी व्यक्त गरेको राजलवटले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्