Logo

ज्योति बैंकले १ अर्ब ५० करोडको ऋणपत्र निष्कासन गर्दै



काठमाडौं, २८ फागनु । ज्योति विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकका अनुसार (९ प्रतिशत ब्याजदरमा १० वर्षको अवधिको लागि ‘ज्योति विकास बैंक बण्ड २०८७’ जारी गर्ने भएको हो ।

बैंकले कुल ऋणपत्रको ४० प्रतिशत वा ६० करोड रुपैयाँ बराबरको सर्वसाधारणको लागि छुट्टाएको छ । अरु बाकी रहेको ९० करोड प्राइभेट प्लेसमेन्ट मार्फत बैंक आफैले बिक्रि गर्ने जनाएको छ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्रि प्रबन्धकमा एनआईविएल एस क्यापिटल रहेको छ ।



प्रतिक्रिया दिनुहोस्