Logo

नेपाल इन्भेष्टमेन्ट बैंकको ‘पैसा पठाउने’ एप



काठमाडौं, २८ फागुन । नेपाल इन्भेष्मेन्ट बैंकले नयाँ एप ल्याएको छ । बैंकले भारतबाट नेपालमा सजिलै ‘पैसा पठाउने’ सकिने एप ल्याएको हो । बैंकका अनुसार एप मार्फत व्यक्तिले आफ्नै मोबाइलबाट २४ घन्टामा नै पैसा पठाउन सक्छन् ।

बिदाको दिनपनि भारतबाट पैसा पठाउने एप सुरक्षित छिटो, सजिलो र भरपर्दो भएको बैंकले जनाएको छ । उक्त एपबाट भारतमा रहेको नेपालीहरुले ५० हजार भारतीय रुपैयाँका दरले एक वर्षमा १२ पटकसम्म पैसा पठाउन सकिने एपलाई भारतको केन्दीय बैकले पनि अनुमति दिएको छ ।



प्रतिक्रिया दिनुहोस्