Logo

प्रचण्डले देखे देशमा ‘अनिष्टको खतरा’



काठमाडौं, २८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा अनिष्टको खतरा देखेका छन् । उनले अस्वाभाविक घटना परिघटनाहरु हुनथालेको भन्दै अनिष्टको खतरा औल्याएका हुन् ।

‘अनौठो परिघटना भइरहेछ । त्यो अनिष्ट हुँदैछ भन्ने कुराको संकेत होइन र ?’ प्रचण्डले आज बुटवलमा राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै भने,‘अझै के के अस्वाभाविक परिघटना देख्नुपर्ने हो ?’

नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाप्रति प्रचण्डले असन्तुष्टि व्यक्त गरे । उनले त्यसतर्फ संकेत गर्दै भने,‘जन्मिसकेको बच्चालाई फेरि आमाको गर्भमा लगिदिने अनौठो परिघटनाहरु देख्नुपरेको छ ।’ देशमा अहिले पनि षड्यन्त्र चलिरहेको बताए ।

प्रचण्डले देशमा परिवर्तन उल्टाउने षड्यन्त्र भइरहेको बताए । संघीयता, गणतन्त्र, धर्मनीरपेक्षता र समावेशीतालाई उल्टाउने खेलहरु भइरहेको बताउ । उनले भने,‘संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन भूमिका खेल्ने ममाथि सबैभन्दा बढी घेराबन्दी र षड्यन्त्र भइरहेको छ ।’ परिवर्तनका पक्षधरलाई बदनाम गर्न खोजिएको आरोप लगाए ।

प्रचण्डले फेरि आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए । उनले अहिंसात्मक आन्दोलन गर्न सक्ने बताए । प्रचण्डले भने,‘आवश्यक परे आन्दोलनको आँधीबेहरी आउनसक्छ ।’-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्