Logo

मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर बिक्रि खुल्ला



काठमाडौं, २८ फागुन । मल्टीपर्पस फाइनान्स लिमिटेडले हकप्रद शेयर शुक्रबार (फागुन २८) बाट लिलाम बढाबढमा बिक्रि खुल्ला गरेको छ । कम्पनीले संस्थापक समुहको १७ लाख ५९ हजार ६२१ कित्ता अवितरित हकप्रद शेयर बिक्रि खुल्ला गरेको हो ।

कम्पनीले प्रतिशेयर मुल्य न्युनतम १ सय रुपैयाँ निर्धारण गरेको छ । इच्छुक लगानीकर्ताले न्युनतम १ हजार देखि सबै कित्ताका लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार उक्त हकप्रद शेयरमा सो वा सो भन्दा धेरै मुल्य अंकित गरेर लगानीकर्ताले बोलपत्र पेश गर्नुपर्नेछ ।

हकप्रद शेयरको बिक्रि तथा प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । आजबाट चैत्र १३ गतेसम्म लगानीकर्ताले सिभिल क्यापिटल, फिनान्सको केन्द्रिय कार्यालय, राजविराज विराटनगर लगायतका केन्द्रबाट लगानी गर्न चाहानेले आवेदन दिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्