काठमाडौं, २८ फागुन । अनामनगर निवासी समाजसेवी रश्मी रैका मगरलाई नेकपा एमालेको जनवर्गीय महिला संगठन अ.ने. म. संघ , केन्द्रिय सदस्यमा मनोनित गरिएको छ । मगरले लामो समयदेखि एमालेमा सक्रिय रुपमा लागेर समाजसेवालाई पनि सँगसँगै अघि बढाउँदै आएको अवस्थामा पार्टीले योगदानको कदर गर्दै अ.ने. म. संघ , केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।
उनले करिब आधा दर्जन अनाथ बालबालिकालाई आफ्नो घरमा राखेर शिक्षा दिक्षा दिने काम गरेकी छन् । भूकम्पको बेला पीडितलाई व्यवस्थापन गर्नेदेखि कोरोना पीडितलाई राहत बाढ्ने काममा मगरको उल्लेख्य योगदान छ । यसैबीच अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले यही फागुन २९ गते शनिबार बिहान ११ बजे, काठमाण्डौको भृकुटीमण्डपमा विशेष राष्ट्रिय भेला आयोजना गरेको छ ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको प्रमुख आतिथ्यतामा ‘बृहत राष्ट्रिय महिला भेला’, हुन गैरहेकाे केन्द्रीय सदस्य रैका मगरले जानकारी दिइन् । अनेमसंघ केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीमा संगठित सबै, अनेमसंघसंग आवद्ध जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, महिला सदस्यहरू, पालिकाका प्रमुख, उपप्रमुख, वडा सदस्यहरू समेत उक्त कार्यक्रममा सहभागी हुने उनले बताईन् ।