तनहुँ, फागुन २९ । विश्वकै प्रसिद्ध चीनको ग्रेटवालकै झल्को दिने गरी बन्दीपुरमा निर्माण भइरहेको मिनी ग्रेटवालका लागि सङ्घीय सरकारले प्राथमिकता दिएको छ ।
ग्रेटवालका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार करोड ५५ लाख बजेट निकासा गरेको छ ।
ठूलो रकम विनियोजन भएपछि पर्यटनले फड्को मार्ने विश्वास पर्यटन व्यवसायीको छ । रकम अभावले काम अगाडि बढाउन समस्या परिरहेको अवस्थामा सङ्घीय सरकारबाट प्राथमिकतामा पारेर बजेट निकासी भएपछि बन्दीपुरबासीमा खुसी छाएको छ ।
मन्त्रालयले बजेटको व्यवस्था गरी ग्रेटवाल निर्माणका लागि साझेदारी गर्ने भएपछि बन्दीपुरका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् । गोरखापत्र दैनिकबाट