Logo

ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन् : उपेन्द्र यादव (भिडिओसहित)



काठमाडौं, १ चैत्र । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले कुनै पनि हालतमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ताको लागि सहकार्य नगर्ने घोषणा गरेका छन् । उनले ओली सरकार जसरी पनि ढाल्ने उद्घोष गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

यादवले प्रधानमन्त्री ओलीले संविधान उल्लंघन गरेको र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सिध्याउने काम गरेको गम्भीर आरोप लगाएका छन् । उनले नैतिकताको आधारमा पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने तर्क गरे । आफूहरुले प्रधानमन्त्री ओलीसँग कुराकानी तथा छलफल गर्नुको कारण आफ्ना नेता तथा कार्यकर्ताहरुको मुद्दा फिर्ता, बन्दी रिहाईको लागि भएको यादवको भनाई छ ।

तर, अन्य राजनीतिक सहमतिबारे भने कुनै छलफल नगरेको उनको जिकिर छ । उनले ओलीलाई प्रतिगमनको वाहकको संज्ञा दिए । उनले ओलीको बहिर्गमन नै देशको हितमा हुने तर्क गरे । उनले आफ्नो पार्टीको लाईन भनेको नै ओलीलाई सत्ताबाट हटाउने रहेको सुनाए । र, आफ्ना पार्टीका नेताहरुले सार्वजनिक रुपमै प्रधानमन्त्री ओली वा उनी नेतृत्वको नेकपा (एमाले) सँग कुनैपनि किसिमको राजनीतिक सहकार्यको सम्भावना नरहेको भनेर बोलिसकेको यादवले स्पष्ट पारे ।

हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्