काठमाडौं, १ चैत्र । सनराइज क्यापिटलले १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्रिमा ल्याएको छ । क्यापिटलले सनराइज ब्लुचिप फण्ड निष्कासन तथा बिक्रिमा आज ल्याएको हो ।
बैंकले ल्याएको यो १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो । जारी निष्कासन इकाईमध्ये कुल कम्पनीले बिक्रि भएका इकाई सख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक सनराइज बैंकलाई सुरक्षित गर्ने जनाएको छ ।
कम्पनीको अनुसार बाकी रहेका ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्रि गर्न लागेको हो । चैत्र ४ गतेसम्म फण्डमा न्युनतम १०० देखि एक करोड इकार्ईसम्म आवेदन दिन सकिने जनाइएको छ । क्यापिटलको अनुसार विक्रिमा ल्याएका इकाईहरु बिक्रि नभएमा चैत्र १६ गतेसम्म आवेदन दिन सकिनेछ ।
सनराइज बैंकको पुर्णरुपमा स्वामित्व भएको क्यापिटलको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने जनाएको छ ।