काठमाडौं, २ चैत्र । महालक्ष्मी विकास बैंकले प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटालाई नियुक्त गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले देवकोटालाई नियुक्त गरेको हो । देवकोटा भर्खरैमात्र सिटिजन्स बैंकबाट बाहिरिएका थिए ।
चार वर्षका लागि नियुक्त भएका देवकोटाको सिटिजन्स बैंकमा काम गरेको लामो अनुभव छ । व्यवस्थापनमा एमफिल डिग्री हासिल गरेका देवकोटा गत साउन १ गतेदेखि महालक्ष्मी बैंकको रिक्त पदमा नियुक्त भएका हुन् । बैंकबाट कृष्णराज लामिछानेले राजिनामा दिएका थिए ।