Logo

सांग्रीला बैंकको साधारण सभा चैत्र २३ मा, लाभांश प्रस्ताव कति ?



काठमाडौं, २ चैत्र । सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडको साधारण सभा चैत्र २३ गते बस्ने भएको छ । कम्पनीको संचालक समितिको बैठकले साधारण सभा लैनचौर ब्याङ्क्वेटमा २३ गते बिहान बस्ने निर्णय गरेको हो । सभाले जम्मा चुक्तापुँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

यसको साथै सभाले अध्यक्षको वार्षिक प्रतिवेदनबारे छलफल गर पारित गर्ने, ०७६÷७७ को लेखापरिक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, लेखापरिक्षकको नियुक्ती गरी पारिश्रामिक निर्धारण गर्ने लगायतका विषयहरुमा छलफल गरेर पारित गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्