काठमाडौं, २ चैत्र । कुमारी बैंक र मेरिना इम्पेक्सबीच बैंकका कार्डवाहकलाई छुट दिने सम्बन्धि सम्झौता भएको छ । बैंक र इम्पेक्सबीच मेरिना इम्पेक्सबाट प्रदान गरिने सिलाइसम्बन्धी सेवामा बैंकका डेबिट/क्रेडिट कार्डवाहकलाई छुट दिने सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकको तर्फबाट मार्केटिङ प्रमुख नवीनमुनि वज्राचार्य तथा मेरिना इम्पेक्सको तर्फबाट प्रबन्ध निर्देशक गोकुल खड्काले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि मेरिना इम्पेक्सले काठमाडौंको बागबजार, नयाँ सडक, ललितपुरको गाबहाललगायत विभिन्न शाखाबाट सर्टिङसुटिङ लगायत सम्पूर्ण सिलाइसम्बन्धी सेवामा बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गरे कार्डवाहकले २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएका छन् ।