Logo

नारायणी डेभलपमेन्ट बैंकको अवितरित हकप्रद शेयर लिलामीमा



काठमाडौं, २ चैत्र । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले सोमबारदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट बिक्रिमा ल्याएको छ । बैंकले माघ १३ देखि फागुन ३ गतेसम्म विक्रिमा ल्याएका शेयर वितरण नभएका सर्वसाधारणतर्फको ६ हजार ५८३ कित्ता र सस्थापकको तर्फबाट १५ हजार ९७४ कित्ता शेयर लिलामीमा बिक्रि गर्न लागेको जनाएको छ ।

शेयरको न्युनतम मुल्य एक सय रुपैयाँ निर्धारण गरेको हुनाले सो वा सो भन्दा बढी मुल्य अंकित गरेर चैत्र १० गनेसम्म गोप्य शिलबन्दी पेश गर्न सक्ने बैकले जनाएको छ । शेयर बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडको अनुसार बोलपत्र विर्तामोड, विराटनगर, जनकपुर लगाउतको विभिन्न शाखा कार्यालयबाट लिन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्